२७ बैशाख २०८१, बिहीबार | Thu May 9 2024

किसान लघुवित्तको सेयर कारोबार फुकुवा


१९ चैत, काठमाडाैँ ।  किसान लघुवित्तले नेप्सेले सोधको स्पष्टिकरणको जवाफ पठाएपछि दोस्रो बजारमा शेयर कारोबार सुरू भएकाे छ। नेप्सेले लघुवित्तलाई सचेत गराउदै बिहीबारदेखि शेयर कारोबार खुल्ला गरेको हो। नेप्सेले धितोपत्र मूल्यमा प्रभाव पर्ने सूचना सार्वजनिक गरेको भन्दै कारोबार रोक्का गरी स्पष्टिकरण माग गरेको थियो। लघुवित्तले गत चैत १२ गते नेप्सेलाई पत्र पठाउँदै संस्थाको पूँजीकोष पर्याप्त नभएको कारण हकप्रद शेयर जारी गर्नुपर्ने र त्यसको लागि सम्बन्धित निकायसँग परामर्श गरेर मात्रै अघि बढ्ने निर्णय गरेको र उक्त दिन सार्वजानिक बिदा परेकोले सम्बन्धित निकायसँग परामर्श लिन नपाएकोले हकप्रद सम्बन्धि प्रस्ताव राखिएको जनाएको छ।

भोलिपल्ट सम्बन्धित निकायसँगको परामर्श पश्चात उक्त प्रस्ताव हटाएको लघुवित्तले जनाएको छ। लघुवित्तको शेयरमूल्यमा प्रभाव पार्ने कुनै मनसाय नभएको स्पष्टीकरण पठाएको थियो। यस्ता गल्ती नदोहोराउने प्रतिबद्धता जाहेर गरेका कारण लघुवित्तको सेयर कारोबार फुकुवा गरिएकाे नेप्सले जनाएको छ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार ११:४७