२७ बैशाख २०८१, बिहीबार | Thu May 9 2024

बिहीबार बढ्याे सुनको मूल्य, कति पुग्यो तोलाको ?


१९ चैत, काठमाडाैँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेकाे छ । आज सुनको मूल्य ९ सय रुपैयाँले बढेर हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाला सुन तोलाको ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियाे ।

त्यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको ८६ हजार ५० रुपैयाँ कायम भएको छ । बुधबार तेजावी सुनको मूल्य तोलाको ८५ हजार १ सय ५० रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलाको ११ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँले बढेर तोलाको १२१० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार ११:१३