२७ बैशाख २०८१, बिहीबार | Thu May 9 2024

नेप्सेमा २ लघुवित्तको शेयरमूल्य समायोजन


१९ चैत, काठमाडाैँ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड र सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे बाेनस सेयरमा मूल्य समायोजन गरिएकाे हाे । सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ८.१३ प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता १ हजार ५ सय ९६ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य १ हजार ७ सय २६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

त्यसैगरी, सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १५.३५ प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता १ हजार ९ सय ६० रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य २ हजार २ सय ६१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार १०:२९