३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026

विगतका नराम्रा कुराहरुलाई बिर्सेर अगाडी बढाैँः मुख्यमन्त्री पौडेल

१८ चैत, काठमाडाैँ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बिगतका नराम्रा कुराहरुलाई बिर्सेर अगाडी बढ्न आग्रह गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश सङ्गठन कमिटीको बुधबार बसेको बैठकमा नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता समेत रहनुभएका पौडेलले विगतका सबै नराम्रा कुरालाई विर्सेर अगाडि बढ्न कमिटीका सदस्यहरुलाई आग्रह गर्नुभएको हो । विगतका कुरा कोट्याएर गन्तव्यमा पुग्न नसकिने पनि उहाँले बताउनुभयो । सकारात्मक भएर अगाडी बढ्न समेत सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ‘अब सबै विगतलाई राम्रा कुराहरुलाई मात्रै राखौ । जे जति भए ती सबै कुरालाई विर्सौं र त्यसरी जाने हो भने हामी सहज ढङ्गमा हामी गन्तव्यमा पुग्न सक्छौं । फेरी तिनै विषयलाई उठाउने हो भने फेरिपनि समस्या आउन सक्छ ।’

नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी भित्रको एकतालाई बलियो बनाउन आत्म समिक्षा गरेर अगाडी बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । अहिलेको निशेधको राजनीतिले कम्युनिष्ट आन्दोलन नै खतरामा पर्ने सम्भावना बढेको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘तपाई हाम्रै कारणले गर्दाखेरी हामी भित्रकै कारणले गर्दाखेरी आज हामी कमजोर अवस्थामा पुगेका छौं । हामी एक अर्कामा निशेधको राजनीति गरिरहेका छाैं । कम्युनिष्ट पार्टीलाई एकतावद्ध र बलियो बनाएर होइन आफै आफै लडेर हामी सिद्धिने स्थितिमा पुगेका छौं ।

त्यसो भएको हुनाले पनि यतिबेला हामीले आत्म समिक्षा गर्ने की नगर्ने र हामीले यस्तो कुरा सच्याउने की नसच्याउने ? यदि नेकपा एमाले बलियो बनाएर अगाडी बढनु छ भने समाजवादको लक्ष्य प्राप्त गर्ने हो भने हामीले आमुल परिवर्तन गरेर देशलाई अगाडी बढाउने हो भने समृद्धि चाहने हो भने हामी सत्तामा भएको पार्टीले आफूलाई सच्याउनै पर्छ । हामी रुपान्तरित हुनै पछस् । हामीले निषेधको राजनीति गुटको राजनीति गर्न हुँदैन ।’

प्रकाशित मिति : March 31, 2021 at 5:31 pm