२७ बैशाख २०८१, बिहीबार | Thu May 9 2024

सेयर कारोबार समय १ घन्टा थपियाे, दिउँसो ४ बजेसम्म बजार खुल्ने


१८ चैत, काठमाडाैँ । आज सेयर कारोबार दिउँसो ४ बजेसम्म खुला हुने भएको छ। टीएमएसमा समस्या आएपछि कारोबार अवरुद्ध भएकाले आज १ घन्टा समय थप गरी कारोबार दिउँसो ४ बजेसम्म सञ्चालन हुने भएको हो। नेपाल स्टक एक्सचेन्ज (नेप्से)  ले एक सूचना प्रकाशित गरी आजको कारोबार दिउँसो ४ बजेसम्म खुला रहने जनाएको छ। यसअघि बिहान ११ बजदेखि दिउँसो ३ बजेसम्म नियमित कारोबार हुँदै आएको थियो।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार १४:५२