७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

बुधबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


१८ चैत, काठमाडाैँ । बुधबार पनि नेपाली बजारमा सुनको मूल्य घटेकाे छ । आज सुनको मूल्य ४ सय रुपैयाँले घटेर हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन तोलाको ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । मंगलबार छापावाला सुन  तोलाको ८६ हजार रुपैयाँमा कारोबार भएको थियाे ।

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८५ हजार १ सय ५० रुपैयाँ कायम भएको छ । मंगलबार तेजावी सुनको मूल्य तोलाको ८५ हजार ५ सय ५० रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलाको १२१५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २० रुपैयाँले घटेर तोलाको ११९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार ११:२३