७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

नेप्सेमा २ कम्पनीको सेयरमूल्य समायोजन


१८ चैत, काठमाडाैँ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। नेप्सेमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे बाेनस सेयरमा मूल्य समायोजन गरिएकाे हाे । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ८.८५ प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता १ हजार ५ सय २५ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे ।

मंगलबारको अन्तिम कारोबार मूल्य १ हजार ६ सय ६० रुपैयाँका आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १७.८१ प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता २ हजार ३ सय १७ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे । मंगलबारको अन्तिम कारोबार मूल्य २ हजार ७ सय ३० रुपैयाँका आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार १०:२६