सरकार र थारुवान संघर्ष समितिबीचको वार्ता सकियो
१७ चैत, काठमाडाैँ । सरकार र थारुवान संघर्ष समितिबीचको पहिलो चरणको वार्ता सकिएको छ । आज गृह मन्त्रालयमा भएको छलफलमा दुवै पक्षले आफ्ना कुरा राखेका थिए । अर्को चरणको छलफल बिहीबार हुने जनाइएको छ ।बिहीबार पुनः बस्ने गरी आजको वार्ता टुंगिएको हो । गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका सल्लाहकार डा. राजन भट्टराई र पूर्वसांसद भगवती चौधरी रहनुभएकाे छ ।

थरुहटका तर्फबाट रुक्मिणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी रहेको वार्ता टोली छ । थारुहटको टोलीले टीकापुर घटनामा संलग्न रहेका धनीराम चौधरी, सांसद रेशम चौधरी लगायतमाथि रहेको मुद्दा फिर्ता लिनुपर्ने, आन्दोलनमा मारिएकालाई सहिद घोषणा गरिनुपर्नेलगायत १९ बुँदे माग अघि सारेको छ ।
प्रकाशित मिति : 17:00









