३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

सानु शिवाको ठाउँमा जानकीदेवी राम निर्वाचित गर्ने एमालेको निर्णय

१७ चैत, काठमाडौँ । नेकपा एमालेले सिरहाकी जानकी देवी रामलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको छ।  समानुपातिक सांसद सानु सिवाको मृत्यु भएपछि रिक्त रहेको स्थानमा सिरहाकी रामले सांसद बन्‍ने अवसर पाएकी हुन्। एमाले केन्द्रीय कमिटीको बैठकले समानुपातिक उम्मेदवार बन्द सूचीको ८८ नम्बरकी जानकी देवीलाई निर्वाचित गर्न निर्वाचन आयोगलाई पत्र पठाउने निर्णय भएको छ ।

सिवाको निधन भएपछि पालोमा रहेकी धनकुमारी अहिले जनता समाजवादी पार्टीमा लागेकी छन्। त्यसपछि उनको नाम बन्दसूचीबाट हटेपछि ८८ औँ नम्बरकी जानकी देवीले सांसद बन्ने मौका पाएकी हुन्। अब एमालेमा १२१ जना सांसद कायम भएका छन्।

 

प्रकाशित मिति : March 30, 2021 at 3:03 pm