एमाले र माओवादी केन्द्र व्यूँतानउने फैसलाविरुद्ध प्रचण्ड सर्वोच्चमा
१७ चैत, डोटी । नेकपा एमाले र माओवादी केन्द्र व्यूँतानउने सर्वोच्च अदालतको फैसलाविरुद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालत पुगेका छन्। मंगलबार बिहान सर्वोच्चमा फैसला पुनरावलोकनका लागि निवेदन दिन प्रचण्डसहित बर्षमान पुन, हरिबोल गजुरेल, गिरीराजमणि पोखरेल, जनार्धन शर्मा सर्वोच्च अदालत पुगेका हुन्।

नेकपाको नाममा आधिकारिकताको दाबी गर्दै ऋषिराम कट्टेलले दुई वर्षअघि दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालई अवैध भएको फैसला सुनाएको थियो । फैसलामा सर्वोच्चले एमाले र माओवादी केन्द्रले एकतापश्चात् राखिएको नाम बदर हुने र एकता गर्ने भए १५ दिनको म्यादसहित आह्वान गर्न निर्वाचनलाई आयोगलाई आदेश दिएको थियो ।
प्रकाशित मिति : March 30, 2021 at 12:14 pm









