एमाले र माओवादी व्यूँताउने फैसला पुनरावलोकनका लागि आज सर्वोच्चमा निवेदन दर्ता हुँदै
१७ चैत, काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्र व्यूँतानउने सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि माओवादी नेताहरू आज सर्वोच्च अदालत जान लगेका छन । मंगलबार बिहान ११ बजे सर्वोच्चमा फैसला पुनरावलोकनका लागि निवेदन दिने माओवादील नेता समेत रहेका अधिवक्ता रामनारायण बिडारीले जानकारी दिनुभयो । निवेदन लिएर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेता सर्वोच्च पुग्नुहुनेछ ।
यसअघि माओवादी केन्द्रले नेकपा नाम विवादमा सर्वोच्च अदालतले २३ फागुनमा गरेको फैसलाको पुनरावलोकनमा जाने निर्णय गरेको थियो। गत मंगलबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको पार्टी स्थायी कमिटी बैठकले फैसलाको पुनरावलोकनमा जाने निर्णय गरेको थियो । त्यसको एक सातापछि आज पुनरावलोकनको निवेदन दर्ता गर्न लागिएको बिडारीले बताउनुभयो । वरिष्ठ अधिवक्ता शम्भु थापा, रामनारायण बिडारी, अधिवक्ताहरू मुक्ति प्रधान, दीनमणि पोखरेललगायतले पुनरावलोकनमा जान सकिने सुझाब दिएपछि माओवादीले पुनरावलोकनमा जाने निर्णय गरेको हो ।

नेकपाको नाममा आधिकारिकताको दाबी गर्दै ऋषिराम कट्टेलले दुई वर्षअघि दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालई अवैध भएको फैसला सुनाएको थियो । फैसलामा सर्वोच्चले एमाले र माओवादी केन्द्रले एकतापश्चात् राखिएको नाम बदर हुने र एकता गर्ने भए १५ दिनको म्यादसहित आह्वान गर्न निर्वाचनलाई आयोगलाई आदेश दिएको थियो ।
प्रकाशित मिति : 09:36









