२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

दुर्गममा जागिर खान इन्कार गरी राजिनामा गरेका केसीलाई अस्पतालमा अनसन बस्न रोक

१६ असार, जुम्ला । सरकारी कोटामा विदेशमा गएर मेडिकल शिक्षा अध्ययन गरेर फर्केपछि दुर्गममा गएर जागिर खान अटेरी गरी राजिनामा गरेर हिडेका गोविन्द केसी अहिले दुर्गम मानिएको कर्णाली प्रदेशको जुम्लामा अनशनका लागि पुगेका छन ।

तर जुम्लामा गएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बसेर अस्पतालको सेवा अस्तव्यस्त बनाउने केसीको रहर पूरा नहुने भएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले उनलाई अस्पताल भन्दा २ सय मिटर परमात्र अनसन बस्न अनुरोध गरेको छ । प्रशासनले अस्पताल, प्रहरी र प्रशासन कार्यालयको २ सय मिटर क्षेत्रमा अनशन नबस्न बिज्ञप्ति मार्फत ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : १६ असार २०७५, शनिबार १०:०८