समानान्तर कमिटी गठन गर्ने एमालेका तीन नेता पार्टीबाट निष्कासित
१६ चैत, काठमाडाैँ । पार्टीलाई नै चुनौति दिँदै समानान्तर कमिटी गठन गरेपछि नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले तीन नेतालाई निष्कासन गरेको छ । पार्टी हितविपरीत समानान्तर कमिटी गठन गर्ने तीन नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरेको हो ।

पार्टीलाई कमजोर बनाउने, फुटपरस्त गतिविधि गर्ने र पार्टीविरोधी क्रियाकलाप गरेकाले उनीहरुलाई निष्कासन गरिएको एमाले अर्घाखाँचीले विज्ञप्ती निकालेर जानकारी दिएको छ । जिल्ला पार्टीको आज बसेको बैठकले नेकपा एमालेका तत्कालीन सचिव रामबहादुर चौहान, संविधानसभाका सदस्य तथा पार्टी संगठित सदस्य डा. दुमनसिंह थापा र सिद्धिप्रसाद भुसाललाई पार्टी हितविपरीत विभाजनकारी गतिविधिमा संलग्न रहेको भन्दै पार्टीबाट निष्कासन गरिएको हो ।चौहान तीन दिनअघि एमाले माधव नेपाल समूहले गठन गरेको समूहको जिल्ला अध्यक्ष बनेका थिए ।

प्रकाशित मिति : 16:31









