कांग्रेस नेता एवं पूर्वमन्त्री नविन्द्रराज जोशीको निधन
१३ चैत, काठमाडाैँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नविन्द्रराज जोशीको निधन भएको छ । नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । मस्तिष्कघात भएपछि उपचाररत जोशीको निधन भएको हो ।

नर्भिक अस्पतालका अनुसार शुक्रबार बिहानदेखि उहाँको मुटुले समेत काम गर्न छाडेको थियो । फागुन १४ गते घरमै स्वास्थ्य समस्या देखिएपछि जोशीलाई वीर अस्पताल लगिएको थियो । वीरले उनलाई नर्भिकमा रेफर गरेको थियो ।
प्रकाशित मिति : 21:22









