प्रदेश १ का नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ
१३ चैत, काठमाडौँ । प्रदेश १ सरकारका नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन्। नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले शपथग्रहण गरेका छन्। नवनियुक्त मन्त्रीहरूमा टंक आङबुहाङले अर्थमन्त्री, हाल राज्यमन्त्री रहेका अम्बीरबाबु गुरुङले भौतिक पूर्वाधारमन्त्री र राम रानाले कृषिमन्त्रीको शपथग्रहण लिएका हुन्।

त्यस्तै उदयपुरकी कला घले र मोरङका राजकुमार ओझा राज्यमन्त्री नियुक्त भएका छन्। राज्यमन्त्रीलाई मुख्यमन्त्री शेरधन राई र मन्त्रीलाई प्रदेश प्रमुख साेमनाथ अधिकारी प्यासीले शपथ गराएका हुन् ।
प्रकाशित मिति : 13:42









