२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

एमाले संसदीय दलको बैठक आज बस्दै, नेपाल–खनाल पक्ष पनि सहभागी हुने

१२ चैत, काठमाडाैँ । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार दिउँसो ३ बजे बस्ने लागेकाे राष्ट्रिय सभाका एमाले प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी दिनुभयाे। बैठकमा माधव नेपाल-झलनाथ खनालका सांसदहरुसमेत सहभागी हुनुहुने भएकाे छ । यसअघिको दलको बैठकमा माधव नेपाल-झलनाथ खनाल पक्षीय सांसदहरू उपस्थित हुनुभएकाे थिएन ।

बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्न सांसदहरुले आफ्ना निर्वाचन क्षेत्रका योजनाहरु पेश गर्न निर्देशन दिने बताइएको छ। यसबाहेक अन्य समसामयिक विषयमा समेत छलफल हुने बताइएकाे छ।

प्रकाशित मिति : 11:49