२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

एमाले संसदीय दलको बैठक शुक्रबार बस्ने

१२ चैत, काठमाडाैँ । प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बाेलाउनुभएकाे छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार दिउँसो ३ बजे बस्ने गरी बोलाइएको राष्ट्रिय सभाका एमाले प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी दिनुभयाे।

समसामयिक विषयमा छलफल गर्ने गरी बैठक बोलाइएको उहाँले जानकारी दिनुभयाे । यसअघि बसेका संसदीय दलको बैठकमा झलनाथ खनाल-माधव नेपालपक्षीय सांसदहरू उपस्थित हुनुभएकाे थिएन ।

प्रकाशित मिति : 14:15