एक साताभित्र मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिन सांसदहरूलाई निर्देशन
११ चैत, काठमाडाैँ । सत्तारुढ नेकपा एमालेको प्रदेश–१ संसदीय दलले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदलाई एक साताभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ । दलको बुधबार बसेको बैठकले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका एमालेका सांसदलाई एकसाता भित्र फिर्ता लिन निर्देशन दिएको हो ।

बैठकले संसदीय दलको विधान पनि पारित गरेको छ । त्यस्तै दलको नेताको नेतृत्वमा संसदीय बोर्ड पनि गठन गरेको छ । बैठकले संसदीय बोर्डमा दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतकसहित काजीमान कागते, आशारत्न जवेगु, लीलाबल्लभ अधिकारी, तुलसी न्यौपाने, विमल कार्की, यशोदा अधिकारी, जसमाया गजमेर, ज्ञानेश्वर राजवंशी, बिर्ख प्रधान, अम्बिका थापा र लिलम बस्नेतलगायतलाई मनोनयन गरेको छ । बैठकमा उपस्थित माधव नेपाल पक्षधर सांसदहरु तुलसी न्यौपाने, लीलाबल्लभ अधिकारी लगायतका नेताहरुले अविश्वास प्रस्ताव फिर्ता हुनसक्ने जानकारी गराउनु भएको थियो ।
प्रकाशित मिति : 12:40







