२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

एमालेबाट माले बनाउँदा सयाैँ कार्यकर्ताको राजनीति समाप्त भएको नभुलाैँः मुख्यमन्त्री पोखरेल

११ चैत, काठमाडाैँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी विभाजनका लागि दिनदिनै बिउ रोपिरहेका माधवकुमार नेपाल समूहलाइ विगतबाट शिक्षा लिन अनुराेध गर्नुभएको छ । सामाजिक सञ्जाल मार्फत उहाँले यस्तो अनुरोध गर्नुभएको हो ।

उहाँले भन्नुभएको छ ‘एमालेवाट माले बनाउदाका उन्माद कम्ता थिएनन्। तर त्यसले सयौ कार्यकर्ताको राजनीतिक जीवन समाप्त भयो । इतिहासवाट शिक्षा नलिनु भुल हुनेछ ।’ उहाँले विगतमा एमालेबाट माले बनाउँदा सयाैँ कर्यकर्ताको राजनीतिक जीवन समाप्त भएको इतिहास नभुल्न अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति : 11:58