एमालेकाे गण्डकी प्रदेश अध्यक्षमा जगत विश्वकर्मा चयन
१० चैत, काठमाडाैँ । नेकपा एमालेको गण्डकी प्रदेश कमिटी अध्यक्षमा जगतबहादुर विश्वकर्मा चयन हुनुभएकाे छ । पूर्व युवा तथा खेलकुदमन्त्री विश्वकर्मा कास्कीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुुन्छ । याेसँगे अब एमालेका सातै प्रदेश अध्यक्षको टुंगो लागेको छ । अध्यक्ष विश्वकर्माले मंगलबार पदभार ग्रहण गर्नुभएकाे छ । प्रदेश कार्यालय नयाँबजारमा भएको कार्यक्रममा विश्वकर्मालाई पार्टी सचिव गोविन्द नेपालीले पदभार ग्रहण गराउनुभएकाे हाे ।

प्रकाशित मिति : 16:10









