२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

९ चैत, काठमाडाैँ । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे पार्टीको आगामी १४ औँ महाधिवेशन तथा समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न  बैठक बस्ने भएको हो।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आगामी महाधिवेशनको तयारी र समसामयिक परिस्थितिबारे कांग्रेसको आधिकारिक धारणा तय गर्न बैठक बोलाइएको जानकारी दिनुभयाे।

प्रकाशित मिति : 08:01