२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

पार्टीको नीति विपरित गुटभेला गर्ने माधव नेपाल लगायतमाथि एमालेले कारबाही गर्ने

७ चैत, काठमाडाैँ । नेकपा एमालेको संसदीय बोर्डले पार्टी गतिविधिविरुद्ध काम गर्ने सांसदमाथी कारवाही प्रक्रिया शुरु गरेको छ । झलनाथ खनाल–माधव नेपाल नेतृत्वमा केही सांसदले गुटगत गतिविधि गर्न थालेपछि संसदीय बोर्डले स्पष्टिकरण सोध्ने भएको हो ।

संसदीय दलको शनिबार बसेको बैठकले गुटगत भेला र गतिविधि गर्ने सांसदहरुलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । बैठक चलिरहँदा नेपाल समुहका केही सांसद सामुहिक पत्र लिएर पुगेपछि त्यसको जवाफमा दलका नेता एंव अध्यक्ष केपी शर्मा ओलीले कुनैपनि गुटका प्रस्ताव अस्विकार गर्ने बताउनु भयो ।

‘सामूहिक रूपमा आएका प्रस्ताब स्वीकार गरिँदैन । व्यक्तिगत ढङ्गले आएर आफ्नो कुरा लिखित मौखिक रूपमा राख्नुस्, सबैलाई मौका दिन्छु । गुटहरूसँग अब कुनै सम्झौता र संवाद हुँदैन’, ति सांसदलाई जवाफ फर्काउदै ओलीले भन्नुभयो ।

प्रकाशित मिति : 16:28