रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त (विज्ञप्तिसहित)
६ चैत, काठमाडाैँ । महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडाल नियुक्त हुनुभएकाे छ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले शुक्रबार राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवक्ता बडालको नाम सिफारिस गर्नुभएकाे थियाे । राष्ट्रपति विद्यादेवी भण्डारीले बडाललाई संविधानकाे धारा १५७ काे उपधारा (२) बमेजिम महान्यायाधिवक्तामा नियुक्त गर्नुभएकाे हाे । बडाल काठमाडाैँकाे चावहिलका बासिन्दा हुनुहुन्छ ।

उहाँ एमालेनिकट ट्रेड युनियन जिफन्टका उपाध्यक्षसमेत हुनुहुन्छ ।

प्रकाशित मिति : 18:29









