२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

सबैले गुटभन्दा माथि उठेर देश निर्माणमा जुट्नुपर्छः सचिव विष्ट

६ चैत, काठमाडाैँ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले सबैले गुटभन्दा माथि उठेर देश निर्माणमा जुट्नुपर्ने बताउनुभएको छ । शुक्रबार बिहान एक रेडियोमा दिएको अन्तर्वार्तामा सचिव विष्टले  पार्टीभित्र देखापरेका सबै समस्याको विधिपूर्वक समाधान खोजिनुपर्ने र सबैले गुटभन्दा माथि उठेर देश निर्माणमा जुट्नुपर्ने बताउनुभयो ।

सचिव विष्टले उहाँले पार्टीको अध्यक्षको हैसियतले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कुशलतापूर्वक जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभयाे । उहाँले पार्टी भित्र समानान्तर कमिटी गठन गर्ने भनेर कुनै निर्णय नभएको जानकारी गराउनुभयाे । सचिव विष्टले समानान्तर कमिटी गठन गर्ने भनेर बाहिर अाएका समाचारहरू सबै झुटा रहेको समेत बताउनुभएको छ ।

उहाँले विगतमा निर्वाचित एमालेका कमिटीहरू नै व्यूँताएर औपचारिकरुपमा बैठक बसेर पार्टीलाई एकतावद्ध बनाएर एमालेलाइ अघि बढ्नुपर्छ भन्ने निष्कर्ष भेलाको रहेको समेत बताउनुभयो । उहाँले भन्नुभयो “भेलाले समानान्तर कमिटी गठन गर्ने कुनै पनि निर्णय गरेको छैन्, भेलाले पार्टी एकतालाई जोड दिदैँ एकतावद्ध एमाले बनाउन हर प्रयास गर्ने निश्कर्ष निकालेको छ ।”

प्रकाशित मिति : 08:59