२७ भदौ २०८३, शनिबार | Sun Sep 13 2026

एमाले संसदीय दलको बैठक आज, माधव नेपालमाथि कारबाही होला ?

५ चैत, काठमाडाैँ । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बस्ने मुख्य सचेतक विशला भट्टराईले जानकारी दिनुभयो । उहाँले सूर्य चिन्हबाट चुनाव लडेका सबै सांसदहरूलाइ बैठकमा खबर गरिएको जानकारी दिनुभयो ।

यसअघि एमाले महासचिवले गुटको भेला नगर्न विज्ञप्ति नै प्रकाशन गरेर अनुरोध गरेको सन्दर्भको माधव नेपाल पक्षले गुटको भेला गरेकाले उक्त भेलाको नेतृत्व गर्नेलाइ कारबाही गर्ने विषय दलको बैठकमा उठ्ने सम्भवना रहेको छ ।

प्रकाशित मिति : March 18, 2021 at 8:57 am