१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

सोलुखुम्बु तिङ्लाको भीरबाट जीप खस्यो, ६ जनाको मृत्यु, एक जना घाइते

१५ असार, सोलुखुम्बु । सोलुखुम्बुमा आज बिहान जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । नेचा सल्यानबाट पतलेबजार हाटमा जाँदै गरेको जीप बिहान करिब साढे ७ बजेतिर तिङ्लाको महादेव भिरमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृतकमध्ये शिवकुमारी यादवको मात्र पहिचान भएको छ । एक जना ९ वर्षको बच्चालाई उद्धार गरेर उपचारको लागि सदरमुकाम ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी टुप्ती शेर्पाले जानकारी दिए । घटनास्थल सदरमुकामबाट करिब १३ किलोमिटर टाढा रहेको छ ।

प्रकाशित मिति : १५ असार २०७५, शुक्रबार ०९:१०