फिल्म ‘ए’को छायाँकन सुरु
४ चैत, काठमाडौँ । फिल्म ‘ए’को छायाँकन सुरु भएको छ । विलभ्ड इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको मंगलबार शुभमुर्हत सहित छायाँकन सुरु भएको हो । काठमाडौँ, बनेपा र साँगामा छायाँकन हुने बताइएको फिल्ममा प्रमोद अग्रहरी, सोहित मानन्धर, छुल्ठिम गुरुङ, रीस्ता बस्नेत तथा रवि गिरी, बिकेश प्रजापति, सुरज विष्ट, समिक्षा क्षेत्री, अजित रेग्मी, विपिन कार्की, गीता विष्टलगायतको मुख्य भूमिका रहनेछ ।

बाल कलाकार जसिका घिमिरे, अभिमान सिंह बस्नेत, प्रतिक भुजेल र रुपेश थापाका पनि अभिनय रहने फिल्ममा पटकथा तथा संवाद भोमन कटुवाल र आकाश उखेडाले तयार पारेका हुन् । मोहन कुमार झिल्लुको छायाँकन, अनिलकुमार महर्जनको सम्पादन रहने भोमन कटुवालले निर्देशन गर्दैछन् । फिल्मका निर्माता प्रह्लाद काफ्ले हुन् ।
प्रकाशित मिति : March 17, 2021 at 11:19 am









