१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

कालीगण्डकीमा जीप खस्दा दुई जना बेपत्ता

१५ असार, म्याग्दी । बेनी–जोमसोम सडकअन्तर्गत रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङमा बिहीबार अपराह्न कालीगण्डकी नदीमा जीप खस्दा दुई जना बेपत्ता भएका छन् ।

अन्नपूर्ण गाउँपालिका–७ घराम्दीदेखि बेनी आउँदै गरेको लु २ च २४५४ नंको जीप तिप्ल्याङ खण्डको सडकबाट करिब ३० फिट तल कालीगण्डकीमा खसेको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढा मगरले जानकारी दिनुभयो ।

अन्नपूर्ण–७ का वडाध्यक्ष गमबहादुर फगामीका अनुसार उक्त जीपमा चालक बेनपा–९ का अन्दाजी ३२ वर्षीय रवि खड्का र घराम्दीकी २० वर्षीया सविता नेपाली सवार थिए । कालीगण्डकीका बीचमा अड्किएको जीप, चालक र यात्रुको उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी घटनास्थलमा पुगेको प्रनाउ मगरले बताउनुभयो ।

प्रकाशित मिति : १५ असार २०७५, शुक्रबार ०६:०१