२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

गुटको नाममा पार्टीको लोगो र झण्डा दुरूपयोग गरे कारबाही गर्ने एमालेको चेतावनी

३ चैत, काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गुटका नाममा पार्टीको लोगो र झण्डाको दुरूपयोग गरे कारबाही गर्ने जनाएको छ । एमाले महासचिव ईश्वर पोखरेलले विज्ञप्ति जारी गर्दै एमालेले चैत ४ र ५ गते कुनै भेला र बैठक नबोलाएको स्पष्ट पार्नुभएको छ ।

माधवकुमार नेपाल समूहले गुटको राष्ट्रिय भेला बोलाएपछि महासचिव पोखरेलले भेलामा एमालेका नेता कार्यकर्ता सहभागी भए कारबाही हुने जनाकारी गराउनुभएको छ । पार्टीको अध्यक्ष र महासचिव दुबैको जानकारी बिना यसरी राष्ट्रिय भेला गर्न नमिल्ने भए पनि माधव नेपाल समूहले लोगो र झण्डाको दुरूपयोग गरेर कार्यक्रम गर्ने तयारी गरेका छन ।

महासचिव पोखरेलले गुटको भेलामा सहभागी नहुन बिशेष निर्देशन दिनुहुँदै कसैको निर्देशनमा पार्टीलाई कमजोर बनाउनेकाम हुन नसक्ने बताउनुभएको छ । विज्ञप्तिमा भनिएको छ ‘यस्तो अनाधिकृत गुटगत भेला नगर्न/नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहीन गुटगत भेलामा सहभागी नहुन नेकपा एमालेका सवै नेता/कार्यकर्ताहरुलाई बिशेष निर्दशन गर्दछ । अन्यथा मुलुकको संबिधान, पार्टी र संसदीय दलको बिधानको ब्यवस्था एवं नियमावली बमोजिम हुने कुरा पनि स्पष्ट गरिन्छ ।’

प्रकाशित मिति : 21:06