२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

नुवाकोटको त्रिशुली अस्पताल देशभरमै उत्कृष्ट, साझा प्रयासले नमुना बन्यो अस्पताल

३ चैत, नुवाकोट । नुवाकोटको त्रिशुली अस्पताल देशभरमै उत्कृष्ट बनेको छ । अस्पतालको गुणस्तर सुधारका लागि न्यूनतम सेवा मापदण्डमा उच्च अंक ल्याई त्रिशुली अस्पताल देशैभरी पहिलो भएको मेडिकल सुपरिटेण्डेण्ड डा दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

मेसु पाण्डेका अनुसार त्रिशुली अस्पतालले न्यूनतम सेवा मापदण्डमा ८८ अंक प्राप्त गरेको छ । उक्त अंक नेपालकै अस्पतालहरुको सेवा गुणस्तर र अन्य सेवा मापदण्डको सबै भन्दा धेरै हो । मंगलबार त्रिशुली अस्पतालमा स्वास्थ्य निर्देशनालय हेटौडाले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य विभागले सो घोषणा गरेको हो ।

स्वास्थ्य सेवा विभागको सामाजिक सेवा महाशाखाका निर्देशक डा रोशनी तुईतुईले त्रिशुली अस्पतालले ८८ अंक ल्याएको सार्वजनिक घोषणा गर्नुभएको थियो । उहाँले अस्पतालको गुणस्तर सुधारका लागि धेरै काम भएको बताउनुभयो ।

भौतिक संरचनादेखि सेवा प्रदानमा समेत त्रिशुली अस्पताल लोभ लाग्दो रहेको निर्देशक तुईतुईले बताउनुभयो । मेसु पाण्डेले त्रिशुली अस्पतालको मात्रै नभई यो सिङ्गै सरकारी स्वास्थ्य सेवाको परिक्षण भएको र सरकारी स्वास्थ्य सेवाले पनि नागरिकहरुलाई आशा जगाएको बताउनुभाे ।

यो पनि पढ्नुहोस्

-अब त्रिशुली अस्पतालको आफ्नै एम्बुलेन्स, बिरामीले पाउने भए राहत

-कांग्रेसले १५ बेडमा रोकेको त्रिशुली अस्पताल वर्तमान सरकारले १०० बेडको बनायोः सांसद तामाङ

-त्रिशुली अस्पतालमा सर्जरी विशेषज्ञ सेवा सुरू, एपेनडिसाइटिसको शल्यक्रिया नुवाकोटमै हुने

त्रिशुली अस्पताल आइपुग्यो स्वास्थ्य मन्त्रालयले दिएको भेन्टिलेटर, सांसद पाण्डले गरे हस्तान्तरण

-नुवाकोटको त्रिशुलीसहित पाँच अस्पतालका लागि सुविधा सम्पन्न एम्बुलेन्स दिँदै बाग्मती सरकार

कांग्रेसले नुवाकोटमा चिकित्सक देख्न मुस्किल बनायो अहिले अस्पताल भरिएको छः सांसद मैनाली

जिल्ला अस्पताल नुवाकोटका लागि स्वास्थ्य मन्त्रालयले उपलब्ध गरायो एक थान भेन्टिलेटर

विरामीहरुलाई प्रदान हुने सेवा देखि कर्मचारीहरुको आन्तरिक ब्यवस्थापन, श्रोत वाडफाड र भौतिक संरचना र पुर्वाधारको अवस्थाको बारेमा अनुगमन टोलीले जाँच गरेको छ । पहिलाको जिल्ला अस्पतालमा आइसियु सञ्चालन हुने भन्ने असम्भव जस्तै रहेको नेपालको अवस्थामा त्रिशुली अस्पतालले व्यवस्थित रुपमा आइसियु सञ्चालन गर्नु देश भरीका लागि आशा लाग्दो सन्देश रहेको निर्देशक तुइतुइले बताउनुभयो ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलवार २२:२८