३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

संसदको तेस्रो बैठक पनि किन शोक प्रस्तावमा मात्रै सीमित भयो सभामुखलाई सोध्नुपर्छः मन्त्री ज्ञवाली

३ चैत, काठमाडाैँ । परराष्टमन्त्री प्रदिप ज्ञवालीले प्रतिनिधि सभाका लागि दिएको ‘बिजनेस’को अवज्ञा भएपछि फेरि अर्को बिजनेस दिनुको कुनै अर्थ नभएको टिप्पणी गर्नुभएकाे छ। मंगलबारकाे प्रतिनिधि सभाको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले भन्नुभयाे, ‘संसदको तेस्रो बैठक पनि किन शोक प्रस्तावमा मात्रै सीमित भयो भन्ने प्रश्न सभामुखलाई सोध्नुपर्छ।’

उहाँले संसद् बैठक नबसेको बेलामा सरकारले अध्यादेश ल्याएर संसद्को पहिलो बैठकमा पेश गर्ने संविधानमा उल्लेख भएको समेत बताउनुभयाे। ‘अध्यादेश सरकारले पहिलो बैठकमा पनि राखेको थियो। पहिलो बैठकमा समेत अवज्ञा भयो। शोक प्रस्ताव पारित गर्नका लागि नै तीनवटा बैठक कुर्नुपर्ने भयो’ उहाँले भन्नुभयाे, ‘त्यसैले यस्तो किन भयो? सभामुखलाई सोध्नुहोस्।’

उहाँले संसद बैठकले गति लिएको खण्डमा सरकारले बिजनेस दिन तयार भएको समेत बताउनुभयाे। ‘संविधानले सदन नचलेको बेलामा अध्यादेश ल्याउन सक्छ। त्यो पहिलो बैठकमा पेश गर्नुपर्छ। त्यो स्पष्ट रुपमा संविधानले अधिकार दिएको छ’ उहाँले भननुभयाे।

प्रकाशित मिति : March 16, 2021 at 3:02 pm