२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

प्रतिनिधि सभा विघटनको औचित्य पुष्टि हुनेतिर जाँदैछः प्रधानमन्त्री ओली

३ चैत, काठमाडाैँ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको औचित्य पुष्टि हुनेतर्फ घटनाक्रमहरू गइरहेको बताउनुभएकाे छ । मंगलवार केन्द्रीय सदस्य र सांसदहरूका लागि बालुवाटारमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा किन विघटन भएको थियो भन्ने कुरा पुष्टि हुन लागेको बताउनुभएकाे हाे ।

उहाँले भननुभयाे, ‘प्रतिनिधि सभा विघटनको औचित्य पुष्टि हुनेतिर जाँदैछ । मुद्दा लडेर ल्याएको संसद् आफैँले चल्न नदिने, आफैँ व्यवधान खडा गर्ने स्थिति बन्यो । पहिलो दिन नै अध्यादेशहरू पेश गर्न दिइएन,’ उहाँले भन्नुभयाे, ‘अधिवेशन प्रारम्भ भएको पहिलो बैठकमै अध्यादेश पेश हुनुपर्छ, अर्थात संविधान कार्यान्वयन गर्न व्यवधान खडा गरियो ।’ उहाँले सरकारले संवैधानिक दायित्व पूरा गर्न नपाएको समेत बताउनुभयाे । ‘कार्यसूची बदलेर सभामुखले मन्त्रीलाई रोकेर, फेरि एक छिनमा अर्को दिनलाई सर्‍यो भन्नुभयाे । संवैधानिक दायित्व पनि सरकारले पूरा गर्न पाएन,’ उउहाँले भन्नुभयाे ।

प्रकाशित मिति : 13:01