राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा सर्वदलीय बैठक आह्वान, पूर्व प्रधानमन्त्रीलाई पनि निमन्त्रणा
२ चैत, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मंगलबारका लागि सर्वदलीय बैठक बोलाउनुभएको हो । उहाँले मंगलबार दिउँसो ४ बजेका लागि बैठक बोलाएको सञ्चार विज्ञ टीका ढकालले जानकारी दिनुभयो ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि र पूर्व प्रधानमन्त्रीहरूमा निमन्त्रणा पठाइएको छ । भोलि नै संसद बैठक भएका कारण बैठकको समय केही तलमाथि पर्न सक्ने राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति बंगलादेशको भ्रमणमा जाने तयारीमा रहेका समयमा बैठक बोलाइएको हो । बैठकमा पछिल्लो राजनीतिक अवगस्थाका बारेमा विचार विमर्श हुनसक्ने बुझिएको छ ।
प्रकाशित मिति : 20:25







