२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

एमालेको आन्तरिक वार्ताः ४ र ५ को भेला स्थगित गर्न माधव समूहलाई आग्रह

२ चैत, काठमाडाैँ । नेकपा एमालेका नेताहरूको वार्ताले केही सहज वातावरण बनाएको छ । बैठकपछि एमालेका सचिव प्रदीप ज्ञवालीले एकता बलियो बनाउनका लागि साझा धरातल तय भएको बताउनुभयो । उहाँले असन्तुष्ट पक्षद्वारा चैत ४ र ५ गते बोलाइएको भेला स्थगित गर्न आग्रह गर्नुभएको छ । सचिव ज्ञवालीले त्यस्ता भेलाले वातावरण थप प्रदुषित हुने बताउनुभयो । उहाँले भन्नुभयो ‘यस्तो भेलाले पार्टी एकतालाई बल पुर्‍याउँदैन भन्ने हाम्रो धारणा हो, यही कुरा उहाँहरूसमक्ष राख्यौं ।

प्रकाशित मिति : 14:50