२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

अध्यक्ष केपी ओलीसँग भएको वार्ता सकारात्मकः उपाध्यक्ष रावल

२ चैत, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्ता सकारात्मक रहेको बताउनुभएको छ । सोमबार एमाले मुख्यालय धुम्बाराहीमा भएको द्धिपक्षिय वार्तापछि उपाध्यक्ष रावलले छलफलमा धेरै कुरा भएको भएको भए पनि निष्कर्ष ननिस्किएको बताउनुभयो । उहाँले  वैठक सौहार्दपूर्ण भए पनि निष्कर्ष पुग्न नसकेको बताउनुभयो ।

माधवकुमार नेपाल पक्षका नेताहरूले फागुन २८ मा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको अध्यक्षतामा भएको बैठकबाट गरिएका निर्णय फिर्ता लिन माग गरेको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने ती मागका विषयमा पनि बैठकमै छलफल गर्न सकिने बताउनुभएको छ । उपाध्यक्ष रावलले पनि गत २८ गतेको बालुवाटार बैठकबाट लिइएका निर्णय फिर्ता लिनुपर्ने अडान आफूहरुले प्रस्तुत गरेको तर प्रधानमन्त्रीबाट सकारात्मक जवाफ नआएको बताउनुभयो ।

प्रकाशित मिति : 14:14