२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

प्रदेश-१ काे प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

१ चैत, काठमाडाैँ ।  प्रदेश-१ को प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । आइतवार प्रदेश सभा सचिवालयले एक सूचना प्रकाशित गरी चैत २ गतेका लागि बोलाइएको बैठक अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थगित भएको जनाएकाे छ ।

सचिवालयले गएकाे फागुन १९ गते प्रकाशित सूचनाअनुसार चैत २ गते दिउँसो साढे १२ बजेका लागि बैठक बोलाएकोमा त्यस बैठकलाई विशेष कारण देखाउँदै प्रदेश सभा नियमावली २०७४ को नियम ६ को उपनियम ३ बमोजिम अर्को सूचना नभएसम्मका लागि प्रदेश सभाको बैठक स्थगित भएको प्रदेश सभा जनाएको छ । मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न बोलाइएको प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको हाे । मुख्यमन्त्री राईविरुद्ध पुस १२ गते अविश्वास प्रस्ताव दर्ता भएकाे थियाे ।

प्रकाशित मिति : 14:09