३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

नेकपा एमाले भोजपुर–काठमाडौँ सम्पर्क मञ्चका अध्यक्षमा श्रीकृष्ण श्रेष्ठ

१ चैत, काठमाडौँ । नेकपा (एमाले) भोजपुर–काठमाडौँ सम्पर्क मञ्चका अध्यक्षमा श्रीकृष्ण श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । शनिबार काठमाडौँमा सम्पन्न भेलाले उपाध्यक्षमा कृष्ण गिरी, सचिवमा फुर्वातेञ्जिङ शेर्पा, सहसचिवमा ईश्वर आचार्य र कोषाध्यक्षमा ढोकल आलेलाई चयन गरेको छ ।

यसैगरी सदस्यमा तुलबहादुर राई, रेश्मा खत्री, ऐश्वर्य श्रेष्ठ, देवकुमार राई, सुनिता घिमिरे, फुर्लाक्पा शेर्पा, इन्दिरा भट्टराई, पर्शुराम रोक्का, खगेन्द्र विक, महेन्द्र घिमिरे, नारायण कार्की, विक्रम राई, ओमबहादुर श्रेष्ठ, फुर्तेञ्जी शेर्पा, गङ्गाबहादुर श्रेष्ठ, कमल प्रधान, दीपेन्द्र कार्की, गोविन्द राई, अशोक कार्की, प्रिन्स अधिकारी, पेम्नुरी शेर्पा, टेकबहादुर मगर, अनुजा श्रेष्ठ, रेश्मा पौडेल, पर्वत शङ्कर, कविता राई, पेम्बा शेर्पा, मनिकला राईलगायत चुनिनुभएको छ ।

एमाले केन्द्रीय सदस्य तथा प्रदेश नं १ कमिटीका अध्यक्ष देवराज घिमिरेले निर्वाचित पदाधिकारी तथा सदस्यलाई शपथ गराउँदै पार्टीको नीति र सिद्धान्तलाई नमान्ने र आफ्नै सरकारविरुद्ध लाग्ने असली कम्युनिष्ट नहुने बताउनुभयो । प्रदेश सम्पर्क सङ्गठन कमिटी प्रदेश नं १ का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले ओली नेतृत्वको सरकारले देशलाई समृद्ध बनाउने राष्ट्रिय अभियानको अगुवाइ गरिरहँदा पार्टीभित्रकै केही नेतालाई असह्य भएको आरोप लगाउनुभयो ।

एमाले केन्द्रीय कमिटी सदस्य तथा सङ्घीय संसद्का मुख्य सचेतक विशाल भट्टराई, पूर्वमन्त्री कृपासुर शेर्पा, सोलुखुम्बुका प्रदेशसभासद् उत्तमकुमार बस्नेत, प्रदेश सम्पर्क सङ्गठन कमिटी प्रदेश नं १ का सचिव नन्दकुमार राई, प्रदेश सम्पर्क सङ्गठन कमिटी प्रदेश नं १ का कार्यालय सचिव खण्डमान राई, युवा सङ्घका केन्द्रीय उपाध्यक्ष रोशन बस्नेत, भोजपुर जिल्ला कमिटी सदस्य लालबहादुर विक, प्रदेश सम्पर्क सङ्गठन कमिटी सदस्य नगेन्द्र खनाल, शशीकला रोकाहालगायतले नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

प्रदेश सम्पर्क सङ्गठन कमिटीका सदस्य पारुहाङ राईका अध्यक्षतामा सम्पन्न भेलाले प्रदेश सम्पर्क कमिटी सदस्यका लागि सुदीपबहादुर अधिकारीलाई मनोनयन गर्न प्रस्ताव गरेको छ ।

प्रकाशित मिति : March 14, 2021 at 1:36 pm