नेकपा एमालेका सातै प्रदेशका इन्चार्ज तोकिए, अध्यक्ष र महासचिव बाहेकका पदाधिकारी हटाइए
२९ फागुन, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले सातै प्रदेशमा इन्चार्ज तोकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले प्रदेश इन्चार्ज तोकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहेका एमालेका केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिनुभयो ।

बैठकले प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदेश दुईमा सत्यनाराण मण्डल, बागमतीमा रामबहादुर थापा (बादल), प्रदेश चारमा पृथ्वीसब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यमलाल कडेँल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इन्चार्ज बनाउने निर्णय गरेको छ । बैठकले अध्यक्ष र महासचिव बाहेकका सबै पदाधिकारीको पद खारेज गरेको छ भने एमालेको दशौँ महाधिवेशन आउँदो मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय पनि गरेको छ । अब एमालेको पदाधिकारीमा अध्यक्ष केपी शर्मा ओली र महासचिव इश्वर पोखरेलमात्रै भएका छन ।
प्रकाशित मिति : 16:46









