२६ पुष २०८१, शुक्रबार | Fri Jan 10 2025

दश किलो रक्तचन्दनसहित पक्राउ परे रामप्रित पासवान, थप अनुसन्धान हुँदै

१४ असार, काठमाडाैँ । सशस्त्र प्रहरीले महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–३ स्थित मलिवारा गाउँबाट आज बिहान १० किलो रक्तचन्दनसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–३ बस्ने ५१ वर्षीय रामप्रीत पासवान रहेको सशस्त्र प्रहरी भन्सार तथा राजश्व गुल्म जलेश्वर महोत्तरीले जनाएको छ । भारतबाट चक्तचन्दन तस्करी गरी नेपाल भित्र्याएका पासवानलाई सुराकीका आधारमा सशस्त्र प्रहरी भन्सार तथा राजश्व गुल्म जलेश्वरका सशस्त्र प्रहरी टोलीले मलिवाराबाट रक्त चन्दनसहित पक्राउ गरेको हो ।

रक्तचन्दनको फाइल तस्बीर ।

रक्तचन्दनसहित पक्राऊ परेका पासवानलाई आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाइएको सशस्त्र प्रहरी राजश्व गुल्मका प्रहरी नायब उपरीक्षक दिनेश मल्लले बताउनुभयो

प्रकाशित मिति : १४ असार २०७५, बिहीबार १३:००