अब यही सरकारलाई दुई वर्ष टिकाउनुपर्छः नेता खनाल
२६ फागुन, काठमाडाैँ । सत्तारुढ नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अब यही सरकारलाई दुई वर्ष टिकाउनुपर्ने बताउनुभएकाे छ । उहाँले अब आफ्नो पार्टी एमाले सरकार जोगाउने प्रयासमा लाग्ने बताउनुभयाे । बुधबार संसद बैठक सकिएपछि बाहिरिने क्रममा उहाँले यस्तो प्रतिक्रिया दिनुभएकाे हाे ।

उहाँले भन्नुभयाे, ‘हामी अब एमाले भयौं । संसदमा विभिन्न राजनीतिक खेलहरु हुनेछन् । म एमालेको वरिष्ठ नेताको हैसियतले भन्नुपर्दा अब हाम्रो पार्टी सरकार जोगाउनेतिर लाग्छ । उहाँले वामपन्थि एकताका लागि अझै पनि प्रयास गर्नुपर्ने पक्षमा आफू रहेको समेत बताउनुभयाे ।
प्रकाशित मिति : 14:47









