२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

राप्रपाले गर्‍यो ५ प्रदेशका अध्यक्ष र उपाध्यक्ष नियुक्त

२६ फागुन, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच प्रदेशमा अध्यक्ष र उपाध्यक्ष नियुक्ति गरेको छ । पार्टीको अन्तरिम विधान अनुसार राप्रपाको प्रदेश अध्यक्ष र उपाध्यक्ष नियुक्त गरिएको प्रेस विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

जसअनुसार प्रदेश १ मा राम थापा,  प्रदेश २ मा रामचन्द्र राय, गण्डकी प्रदेशमा हेमजङ्ग गुरुङ, लुम्बिनी प्रदेशमा प्रदीपकुमार उदय, कर्णाली प्रदेशमा दिपबहादुर शाहीलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : 11:50