एमालेको निर्णय पार्टीभित्र सबैले मान्नुपर्छ : नेता नेम्वाङ
२५ फागुन, काठमाडाैँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एंव सांसद सुवास नेम्वाङले एमाले भएपछि पार्टीको निर्णय सबैले मान्नुपर्ने बताउनु भएको छ । उहाँले एमालेको विधानअनुसार पार्टीको निर्णय सबैले मान्नुपर्ने बताउनु भएको हो । पुष्पकमल दाहाल, प्रचण्डप्रति बढि झुकाव राख्ने माधवकुमार नेपाल समुहले पार्टीको निर्णय नमान्न सक्ने आकालन गरिरहेका बेला नेम्वाङको यस्तो प्रतिक्रिया आएको हो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा नदिने र अविश्वासको प्रस्ताव आए पार्टीको निर्णय अनुसार अघि बढ्ने स्पष्ट पार्नुभयो ।

‘अविश्वास प्रस्ताव आए पार्टीको निर्णयअनुसार अघि बढ्छौँ’, उहाले भन्नुभयो, ‘पार्टीमा फर्किएका साथीहरूले पार्टीको निर्णय मान्नुहुन्छ । त्यो कुरा माधव नेपाल र झलनाथ खनालले नै हामीलाई सिकाउनुभएको हो । नमानी सुखै छैन, मान्नै पर्छ । ’संविधान सभाका अध्यक्ष समेत रहिसक्नु भएका नेम्वाङले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए प्रधानमन्त्रीले विश्वासको मत लिने बताउनु भयो । उहाँले अन्य पार्टीसँग छलफल चलिरहेकाले माओवादीको निर्णयपछि एक दिशातिर अग्रसर हुने स्पष्ट पार्नुभयो ।
प्रकाशित मिति : 17:56









