२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

राप्रपाकाे महाधिवेशनका लागि मूल आयोजक समिति गठन

२५ फागुन, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय महाधिवेशनका लागि मूल आयोजक समिति गठन गरेको छ । २०७८ वैशाख तेस्रो साता काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनका लागि पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा समिति गठन गरेको हो ।

राप्रपा नेता मोहन श्रेष्ठले समितिमा सचिवालयका दुई प्रमुख सदस्य सचिव, दुई कोषाध्यक्षहरू कोषाध्यक्ष र कार्यसम्पादन समितिका सबै सदस्यहरू सदस्य रहने गरी मूल आयोजक समिति गठन गरेको जानकारी दिनुभयाे ।

प्रकाशित मिति : 17:09