२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

सत्ता सहकार्यबारे वार्ता गर्न एमाले र जसपाकाे ५ सदस्यीय संयुक्त कार्यदल गठन

२५ फागुन, काठमाडाैँ । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच सत्ता सहकार्य गर्न ५ सदस्यीय संयुक्त कार्यदल बनेकाे छ । जसपा संसदीय दलको मंगलवार बसेको बैठकमा अध्यक्ष महन्थ ठाकुरले वार्ता टोली गठन भएको जानकारी गराउनु भएकाे हाे ।

बैठकमा सहभागी एक सांसदका अनुसार वार्ता टोलीमा एमालेका तर्फबाट सुवास नेम्वाङ, विष्णु रिमाल र राजन भट्टराई हुनुहुन्छ । यस्तै पूर्व राजपाको हैसियतमा सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण वार्ता टोलीका सदस्य रहनुभएकाे जनाइएकाे छ । विकसित पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न जसपा संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ ।

प्रकाशित मिति : 16:13