२० फाल्गुन २०८२, बुधबार | Thu Mar 5 2026

बलात्कारको अभियोगमा दुर्गानन्द चौधरी पक्राउ

२३ फागुन, काठमाडाैँ । यही फागुन ११ देखि १४ गतेसम्म मध्यपुरथिमि नगरपालिका–३ कौशलटारस्थित आफ्नै कोठामा ल्याएर एक १७ वर्षीया किशोरीलाई पटकपटक बलात्कार गरेको अभियोगमा प्रहरीले सिराहा धनगढी नगरपालिका–४ सन्तनगरका २७ वर्षीय दुर्गानन्द चौधरीलाई पक्राउ गरेको छ ।

पीडित वर्ष १७ की किशोरीलाई विभिन्न प्रभोलनमा पारी विवाह गर्छु भन्दै कोठामा ल्याई उदयपुर गाईघाटकी किशोरीलाई जबर्जस्ती करणी गरेको पीडित बालिकाले यही २१ गते जाहेरी दिएपछि प्रहरीले चौधरीलाई कौशल्टारस्थित कोठाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । प्रहरीले आज भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान र कारवाही अगाडि बढाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार २२:३१