पद गए पनि अब माओवादीमा फर्किन्नः सांसद न्यौपाने
२४ फागुन, काठमाडाैँ । माओवादी केन्द्रबाट निर्वाचित भएर केपी ओली समूहमा लाग्नुभएका प्रदेशसभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपानेले अब आफू माओवादी केन्द्रमा नफर्किने बताउनुभएकाे छ । आफू वैचारिक रूपमै ओली समूहमा लागेको भन्दै उहाँले अब सांसद पद गए पनि माओवादीमा नजाने स्पष्ट पार्नुभयाे

उहाँले भन्नुभयाे, ‘म पद जोगाउन गुट चेन्ज गरेको होइन’ । ‘हिजो यहीँ मुखले प्रचण्ड नेपाल समूहको कदम गलत छ भनेर भाषण गर्दै हिड्ने फेरि, पद जोगाउनका लागि उनै तिर फर्किने ? यो हुन सक्दैन । पद गए पनि म अब माओवादीमा फर्किन्न । पद पाउनको लागि अर्को निर्वाचन पनि आउछ । ’ न्यौपाने रुपन्देही क्षेत्र नम्बर १ को प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ ।
प्रकाशित मिति : 17:17









