२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

एफपीओ निष्कासन गर्न मिर्मिरे लघुवित्तले आह्वान गर्याे साधारण सभा

२४ फागुन, काठमाडाैँ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । लघुवित्तकाे १० औं  वार्षिक साधारण सभा चैत्र १८ गते, बुधबार, पञ्चकन्या बैंन्क्वेट,बनेपा, काभ्रेपलाञ्चाेकमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभाले ९.१९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै संस्थाले स्वेडा लघुवित्तलाई प्राप्ति गर्ने क्रममा वित्तीय संस्थाका तत्कालीन संस्थापक सेयरधनीलाई राखेर कल्स इन एड्भान्स रकमलाई संस्थापक सेयरधनीको चुक्ता पुँजीमा समायोजन गर्ने एजेण्डा पनि राखेको छ ।


सभामा संस्थाकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले चैत ८ गतेदेखि १८ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउनुका साथै लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : March 8, 2021 at 10:36 am