१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

पोखरामा तीन वटा सवारी ठोक्किँदा दुर्इ जनाको मृत्यु

१४ असार, कास्की । कास्कीको पोखरा लेखनाथ महानगरपालिका-५ मालेपाटनमा हिजो बेलुकी ३ वटा सवारी साधन आपसमा ठोकिदा २ जनाको मृत्यु भएको छ । हिजो बेलुकी साँढे ७ बजे ग १ ख २८९६ नम्बरको पानी ट्याङकर ध १ प ५०२१ नम्बरको मोटरसाइकल र ग ४ प ८७३८ नम्बरको मोटरसाइकल आपसमा ठोकिएको हो ।

दुर्घटनामा ध१प ५०२१ नम्बरको मोटरसाइकल चालक म्याग्दी बरन्जा-१ का २४ बर्षीय धन बहादुर छन्त्याल र सोही मोटरसाइकलमा पछाडी सवार म्याग्दी दाना-७ की २५ बर्षीया बिन्द्रा थापाको मृत्यु भएको हो । गम्भीर घाइते भएका धन बहादुरको उपचारको क्रममा मणिपाल अस्पतालमा आज बिहान ५ बजे र विन्द्रको भने हिजै अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । दुर्घटनामा संलग्न तीनै वटा सवारी साधन ट्याङकर र अर्का मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १४ असार २०७५, बिहीबार ०७:४८