२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

अन्ततः ओली नेतृत्वकै पार्टीको भयो सूर्य चिन्ह, प्रचण्डले प्रचारमात्र गरे

२३ फागुन, काठमाडाैँ । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विवादको मुख्य केन्द्रविन्दु रहेको सुर्य चिन्ह अन्तत केपी शर्मा ओलीले प्राप्त गर्नुभएको छ ।

सर्वोच्च अदालतले नेकपा नामको पार्टी ऋषि कट्टेललाई प्रदान गर्दै तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण अघिकै अवस्थामा कायम रहने फैसला सुनाएको हो ।

एमाले र माओवादी केन्द्र ब्युँतिएपछि एमालेको अध्यक्षको हैसियतमा सूर्य चुनाव चिह्न केपी शर्मा ओलीसँगै रहने पक्का भएको छ । निर्वाचन आयोगको अभिलेखमा तत्कालिन अवस्थामा सुर्य चिन्ह एमालेको रहेको थियो ।

नेकपा विभाजनको कसरतका बीच सर्वोच्च फैसलाले २०७५ जेठ २ कै स्थितिमा पुर्‍याइदिएको हो । २०७५ जेठ ३ मा तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भई नेकपा जन्मिएको थियो ।

प्रकाशित मिति : 17:43