प्रधानमन्त्री ओलीद्धारा संसदीय दलको बैठक आह्वान
२३ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक आह्वान गर्नुभएकाे छ । सर्वोच्च अदालतको पार्टी एकता प्रक्रिया नै अस्वीकार गर्ने फैसलालगत्तै प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बाेलाउनुभएकाे हाे । प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा दलको बैठक बोलाइएको बताए ।

भट्टराईले भन्नुभयाे ‘एमाले भनेर होइन, सबै सांसदहरुलाई सूचना पठाइएको छ । केहीबेरमै बालुवाटारमा दलको बैठक बस्छ’, । संसद् बैठक समयमा सुरु नभएको भन्दै ओली बालुवाटार फर्किएका छन् । ओली फर्कनासाथ दलको बैठक बोलाएका हुन् । आइतबारमात्रै सर्वोच्च अदालतले साविकको नेकपा एमाले र माओवादी केन्द्रबीच एकता नभई पूर्ववत अवस्थामा रहेको फैसला गरेको छ ।
प्रकाशित मिति : 17:28









